२३ श्रावण २०८३, शनिबार
,
Latest
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजुरआमाको हत्या गरी फरार रहेका व्यक्ति १९ वर्षपछि पक्राउ



अ+ अ-

चितवन । हजुरआमाको हत्या गरी फरार एक व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् ।

हजुरआमाको हत्या गरी फरार रहेका कृष्ण भनिने तोयनाथ चापागाइँलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार उनी भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार रहेका थिए । साधु भेष बदलेर नवलपुर वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट उनलाई पक्राउ गरिएको हो । २०६१ साल मंसिर १४ गते चापागाइले आफ्नो सौतेनी हजुरआमाको हत्या गरेका थिए । उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।

चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ । बयानमा उनले सौतेनी हजुरआमाले आफू र आफ्नी आमाबारे होच्याएर बोल्ने गरेको र मादक पदार्थ सेवन गरेको बेला हत्या भएको स्वीकार गरेका छन् ।