३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलानको शतक तथा बेयरस्टो र रुटको अर्धशतकमा इंग्ल्याण्डले बंगलादेशलाई दियो ३६५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ को दोस्रो डबल हेडरको पहिलो खेल इङ्ल्यान्ड र बंगलादेशबीच धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा जारी छ । इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ ।

बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले नौ विकेट गुमाएर ३६४ रन बनाएको हो ।

पहिलो विकेट ११५ रनमा खसेपछि पनि इंग्ल्यान्डका ब्याट्सम्यानले इनिङ्सलाई नियन्त्रणमा राखे । डेविड मलान र जो रुटले दोस्रो विकेटका लागि ११७ बलमा १५१ रनको साझेदारी गरे जसमा रुटले ६९(५८) र मलानले ७९(५९) रन बनाए । यो साझेदारी मेहदी हसनले तोडेका थिए ।

इंग्ल्याण्डका ओपनर डेभिड मलान शतक बनाएर आउट भए । उनले १०७ बलमा १४० रनको इनिङ खेले । यो उनको एकदिवसीय करियरको छैटौं शतक हो । उनलाई मेहदी हसले आउट गरेका थिए ।

इंग्ल्याण्डका लागि ओपनिङमा आएका जोनी बेयरस्टो अर्धशतक बनाएर आउट भएका थिए । उनले ५९ बलमा ५२ रनको इनिङ खेले । यो उनको एकदिवसीय करियरको १६ औं अर्धशतक हो । उनलाई शकिब अल हसनले आउट गरेका थिए । बेयरस्टोको करियरको यो १०० औं ओडीआई हो ।

यस्तै, जोए रुटले ६८ बलमा ८२ रन जोडे । उनको इनिङ्समा ८ चौका र १ छक्का प्रहार गरे ।  जोस बटलर र ह्यारी ब्रुकले २०/२० रन जोडे । क्रिस वोक्सले ११ बलमा १४ रन जोड्दा मार्क वुड ६ तथा रिकी टोपले १ रनमा अविजित रहे ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले चार विकेट लिए भने शोरीफुल इस्लामले तीन तथा शकिब अल हसन र ताक्सिन अहमदले एक–एक विकेट लिए ।