२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ । सो प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० जति पुगिसकेको देखाएको समाचारमा जनाइएको छ ।

यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावक विना नै त्यहाँ पुग्ने गरेका छन् । यो क्रम प्राय दिनहूजसो हुने गरेको बताइन्छ ।  उनीहरु हाल मेक्सिकोका विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन् । ती आश्रयस्थलमा बसेकाहरुसँग कुने कागजात पनि नभएका र आफ्ना अभिभावक पनि नभएका पाइएको छ । 

ती बालबालिका अधिकांश होन्डुरस, ग्वाटेमाला, एल साल्भाडोरका रहेका छन् । त्यस्तै तिनै बालबालिकासँग मिसिएर आश्रयस्थलमा बस्ने कतिपय त मेक्सिकोकै बालबालिका पनि रहेका यहाँका अधिकारीहरुले जनाएका छन् । 

संयुक्त राष्ट्रसंघले सन् २०२० का पहिला केही महिनाहरुमा यहाँ पुग्ने बालबालिकाको संख्या ३८० मात्र रहेकोमा अहिले चालू वर्षको शुरुआतमै यति धेरै संख्यामा ती बालबालिका मेक्सिको पुगेको जनाएको छ ।

मेक्सिकोबाट ती बालबालिका दिनहूँ सयौँको संख्यामा अमेरिका प्रवेश गर्ने अवसर कुरेर बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । यहिले यसरी ती देशहरुबाट भागेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने प्रयासमा वयस्कहरु पनि रहेका छन् । यसैमा यी बालबालिका पनि अमेरिका छिर्ने प्रयासमा देखिएको पाइन्छ । 

हुनत मेक्सिको र ती देशबाट अमेरिका छिर्ने नागरिकहरु यस अघि पनि रहने गरेकामा अहिले कोभिड १९को महामारीका कारण पनि बालबालिका ती देशबाट भाग्ने गरका पाइएको समाचारमा जनाइएको छ । रासस




सम्बन्धित समाचार
भर्खरै