१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

एमसीसी सम्झौताबारे सत्तारुढभित्रै मतभेद, पहिला सत्तारुढ स्पष्ट हुन आवश्यक– एमाले

एमसीसी सम्झौताबारे सत्तारुढभित्रै मतभेद, पहिला सत्तारुढ स्पष्ट हुन आवश्यक– एमाले
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी सम्झौतालाई अनुमोदन गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग माग्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको शीर्ष तीन नेताबीचको छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष त्यस्तो सहयोग माग्नुभएको हो ।

बालुवाटारमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी सम्झौता सम्बन्धमा करिब दुई घण्टा छलफल भएको थियो । भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षले संसद्लाई अवरोध नगरोस् र स्थानीय निकायको निर्वाचनपछि मात्र एमसीसीका बारेमा विचार गर्न प्रस्ताव गर्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धनमै एमसीसी सम्झौतासम्बन्धमा कुरा बाझिएकाले पहिला सत्तारुढ गठबन्धन स्पष्ट हुनुपर्ने एमालले अडान राखेको बताउनुभयो । एमसीसीका बारेमा एमाले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै महासचिव पोखरेलले भन्नुभयो, “‘सरकारले आफ्नो धारणा स्पष्ट बनाओस्, राष्ट्रिय मामिलाका कुनै पनि विषयमा प्रतिपक्ष अनिर्णित हुँदैन। सत्ता पक्ष पनि अनिर्णित भएर बस्नु हुँदैन भन्ने कुरा राखेका छौँ ।” छलफलमा एमालेले संसद् सुचारु गर्नेबारे सभामुखको कदम सच्चिनुपर्ने भनाइ राखेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एमालेले सभामुखले संसद्मा १४ जना गैरसांसदलाई राख्न नहुने बारेमा छलफलमा राखेको थियो । पोखरेलले स्थानीय निकायको निर्वाचन समयमै हुनुपर्ने अडान राखेको पनि बताउनुभयो । यसैबीच अमेरिकाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न नेपाल सरकारलाई यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । सो समयभित्र अनुमोदन नभए एमसीसी सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने भन्ने निर्णय एमसीसी बोर्डले गर्ने उसले चेतावनी दिएको छ ।