२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा पुगेर योगेशले भने: अध्यक्षज्यू विगतका तीतामीठा भुलेर अघि बढौँ



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले पार्टी एकतालाई जोगाउनका लागि अग्रसरता लिन अध्यक्ष ओलीलाई आग्रह गर्दै एकताका लागि आफ्नो तर्फबाट सहयोग रहने बचन दिनु भएको छ ।  

अध्यक्ष ओलीले नेता भट्टराई सहित २७ जनालाई कानूनी रुपमा नै कारबाहीको प्रक्रिया अघि बढाएपछि उहाँले बालुवाटारमा नै पुगेर अध्यक्ष ओलीसंग सम्बाद गर्नुभएको हो ।

नेता भट्टराईले दुवै पक्षबाट कमि कमजोरी भएको उल्लेख गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला अनुसार अघि बढ्न पनि अध्यक्ष ओली संग आग्रह गर्नुभएको थियो ।




सम्बन्धित समाचार
भर्खरै