• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

चलचित्रकर्मीको हीत विपरित काम गरे भुवन केसीलाई अध्यक्षबाटै बिस्थापित गर्ने चेतावनी



काठमाडौँ । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताउनु भयो । उहाँले अहिले ड्राफ्ट भइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनःविचार गर्न आग्रह गर्नुभयो । उहाँले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भुमिका छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताउनु भयो । उहाँले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरेमबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्न आग्रह गर्नुभयो । उहाँले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताउनु भयो ।

प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताउनु भयो । चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको बताउनु भयो । उहाँले चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राम्रा सिनेमाको अपेक्षा अझै गर्न सकिन्छ । उहाँहरुले जुन सिनेमा बनाउनु भयो, जसको कारणले गर्दा आजको दिनसम्म यो सिनेमा उद्योग चलायमान छ, त्यसो हुनुको पछाडि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भुमिका के छ ? चलचित्र विकास बोर्डको भुमिका के छ ? मन्त्रालय र चलचित्र विकास बोर्ड नभएको भए १० वटा राम्रो सिनेमा बन्दैन थिए त ? बन्थ्यो । उहाँहरुले त्यसैले गर्व गरिरहनुभएको छ । त्यो राम्रो वातावरणलाई धमिल्याउने काम उहाँहरुबाट भएको छ ।

जुन इकाइ भएका कारणले नेपाली चलचित्र उद्योगको विकासमा सघाउ पुग्छ ? भनेर हिन्दी सिनेमा देखाएर त्यसबाट उठेको कर खुवाएर सञ्चार मन्त्रालयको उपसचिवलाई त्यही पैसाबाट गाडी चढाएर तलव सुविधा भत्ता खुवाएर हामीले जुन एउटा सेतो घर खडा गरेको छौँ । त्योसँग सम्बन्ध राखेर बन्न लागेको विधेयकको बारेमा । तर तपाईको सहसचिव मुकुन्द आचार्य सहसचिव हुनुभएको बेलामा जसरी यो गठन आदेशलाई तपाईहरुले परिवर्तन गर्नुभयो, त्यो परिवर्तनमा नेपाली चलचित्र कर्मका कर्मसँग आवद्ध संघसंस्थाको सहमति छ ?

सहमति बेगर तपाईले मुल दस्ताबेजलाई परिवर्तन गरेर सदस्यलाई सहसचिवको स्तरबाट घटुवा गरेर उपसचिवमा ल्याएर सदस्य नै नभएको सदस्यसचिवलाई सदस्यबाट सदस्यसचिवमा बढुवा गरेर ६५ हजार रुपैयाँको लालच अध्यक्षलाई फालेर जुन दस्ताबेज परिवर्तन गर्नुभयो, लाइन मिनिस्ट्रिको आधारमा तपाईले चलचित्र उद्योगप्रति गर्नुभएको सबैभन्दा ठूलो विश्वासघात हो ।

वर्तमान गठबन्धनको सरकारले आफ्नो म्यानिफेस्टोमा सगर्व उद्घोष गरेबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्नुहोस् । त्यो हो भने सहमति प्राप्त हुनसक्ला अन्यथा तपाईको मन्त्रालयमा कहीँबाट सरुवा भएर आएको आधारमा चलचित्र क्षेत्रको क, ख, ग नबुझेको अनेक किसिमका औतारी मानिसको ह्वीममा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई जे मन लाग्यो त्यही गरेर परिवर्तन गरिरहन सक्दैनौँ । लडेरै ल्याएको हो, फेरि पनि ल्याउँला तर प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित देख्दैनौँ ।

तपाईहरुले जुन दस्ताबेज अघि सार्नुभएको छ, स्वायत्तताको त कुरा छोडौँ, यसले मन्त्रालयको निरंकुशतालाई झनै बढाउँछ । विचौलियका रुपमा जुन अस्वस्थ भुमिका चलचित्र विकास बोर्डले खेल्दै आएको छ, त्यो झनै बढाउँछ । यसमा पुनःविचार होस् । हामीलाई नसोधी जुन परिवर्तन गर्नुभयो, त्यसलाई तत्काल खारेज गरी चलचित्र विकास बोर्डलाई हामीले सहमति जनाएको अवस्थामा फिर्ता लग्नुस् । वा तपाईको मन्त्रालयको कुनै पनि हस्तक्षेप नहुने गरी स्वतन्त्र चलचित्र आयोग गठन गर्नुस् । शिक्षक, चिकित्सक, स्थानीय तहका कर्मचारी, विद्यार्थी सबै सडकमा छन् । राजनीतिक कर्मीहरुले हरदम असन्तुष्टिका आवाज संसदमा पोखेका छन् । अब त्यसमा चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहनुहुन्छ तपाई ? यदी त्यो चाहना हो भने बाध्यतावाश त्यतातिर सोच्नुपर्छ ।’

वरिष्ठ कलाकार शाहले चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै बिस्थापित गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाई कसलाई प्रतिनिधित्व गर्नुहुन्छ भन्नेकुरा मैले बताइसकेँ अध्यक्ष ज्यु । तिनलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ । तिनको भावनाअनुकुल र व्यवसया र पेशा अझ त्यसमा श्रीवृद्धि गर्नेकुरामा सघाउ पुयाउन सक्नुहुन्छ भने अध्यक्षका रुपबाट त्यहाँ अघि बढ्नुस्, त्यसमा सबै चलचित्र क्षेत्रका मानिसले दिल खोलेर साथ दिनेछन् । त्यसमा डग्मगाएको एउटा मात्रै झिल्को देख्यौँ भने नबिर्सिनुस्, तपाई बसेको कुर्सी पनि अस्थायी हो । जसरी स्थापित गरिएको थियो । त्यसरी नै बिस्थापित गर्न सकिन्छ, यो मेरो चेतावनी हो ।’

वरिष्ठ कलाकार शाहले चलचित्रकर्मीको सहयोग गरे सबैले साथ दिने बताउनु भयो ।