३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । उद्घाटन खेलमा कीर्तिमानी स्कोर बनाएको न्यूजिल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सलाई जितका लागि ३२३ रनको लक्ष्य दिएको छ ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनायो । टोलीका ओपनर विल योङले ७० रन, रचिन रविन्द्रले ५१ रन र टम लाथमले ५३ रनमा अर्धशतक बनाए भने डेरिल मिचेलले ४८ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त, पल भान मिकेरेन र रोएलफ भान डर मर्वेले समान २–२ विकेट लिए । बास डे लिडेले एक विकेट लिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रचिन रविन्द्रले आफ्नो एकदिवसीय करियर र विश्वकपमा लगातार दोस्रो अर्धशतक बनाए । रविन्द्रले ५१ बलमा ३ चौका र १ छक्का सहित ५१ रनको इनिङ खेले । उनलाई भान डेर मर्वेले आउट गरेका थिए

ओपनर विल योङले आफ्नो एकदिवसीय करियरको छैटौं अर्धशतक बनाए । उनी ८० बलमा ८० रन बनाएर आउट भए । उनले ८७.५० को स्ट्राइक रेटमा ७ चौका र २ छक्का प्रहार गर्दै रन बनाए ।

टस हारेर ब्याटिङमा आएको न्यूजिल्याण्डले उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले १० ओभरमा विना विकेट गुमाएर ६३ रन बनाएको थियो । कोनवे र योङले अर्धशतकको साझेदारी गरे ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन यो खेलमा खेलिरहेका छैनन् । उनको स्थानमा टम लाथमले कप्तानी गर्दैछन् । विलियमसन आईपीएल–२०२३ को समयमा घाइते भएका थिए । उनी अझै पूर्णरुपमा निको भएका छैनन् । विलियम्सनले विश्वकपको उद्घाटन खेलमा पनि इंग्ल्याण्डविरुद्ध खेलेका थिएनन् । टिम साउथी पनि खेलिरहेका छैनन् । लोकी फर्ग्युसन फिर्ता भएका छन् ।