२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु: उद्योगमन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताउनु भयो । मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गर्नुभयो । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताउनु भयो ।

मन्त्री रिजालले भन्नुभयो, ‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने म विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । मलाई न त्यो जरुरत छ । न म बाट कमिशन खाने काम हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु । कानूनी सजाय दिने अधिकार हामीसँग धेरै छैन् । कानूनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं । अव त्यो विस्तारै हुँदै जाला । अव ठूल्ठूला बद्मासहरुले ठूल्ठूला अपराधहरु गरिरहेका हुन्छन् । तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानूनको अभाव छ । उसले आएर दियो भने त ठिकै हो । तर दिएन भने उठाउनका लागि कुनै मेकानिज्म पनि बनिसकेको छैन । ’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गर्नुभएको थियो । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

सांसद केसीले भन्नुभयो, ‘यदी बजारलाई हस्तक्षेप गर्ने हो भने चाडपर्व आउँछ भन्ने पनि थाहा छ । बढि चिनी तिहारमा चाहिन्छ भन्ने पनि थाहा छ । मन्त्रीज्यू आउनु भएको पनि ३/४ महिना भयो । के हुँदैछ यो नेपालमा ? सबै कुरा थाहा छ । तर हामीले निर्णय गरेका छैनौं । यो विषय गम्भिर विषय हो ।’

नेपाली काँग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताउनु भयो । उहाँले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गर्नुभयो ।

सांसद केसीले भन्नुभयो, ‘ यो बजार अनुमगन समिति बन्छ हामीहरुको । त्यसले अनुगमन गर्छ । तर त्यसको परिणाम के हो भन्दा जुन जनताले चाहेको परिणाम हो । त्यो चाहीँ हुन सकेको छैन । पेट्रोलियम पदार्थको भाउ केही घटाइएको छ । तर त्यो तुरुन्तै बढछ । यो मूल्यवृद्धिको निरन्तरको प्रक्रियालाई नियन्त्रण गर्न नसक्दा मुलुकमा वित्तीय अराजकता नै आइसकेको छ । यसलाई सरकारले नियन्त्रण गर्नुपर्दैन ?’

सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।