२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिल भारतीय टोलीसँग दिल्ली नजाने, अझै कति खेल गुमाउलान् ?



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका भारतीय ब्याट्सम्यान शुभमन गिलको स्वास्थ्यमा ठूलो अपडेट आएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गिल भारतीय टोलीसँग दिल्ली नजाने र चेन्नईमा मात्रै रहने बताएको छ ।

बोर्डले बुधबार अफगानिस्तानविरुद्धको खेलमा युवा ओपनिङ ब्याट्सम्यान उपलब्ध नहुने पनि जनाएको छ ।

बीसीसीआईले सामाजिक सञ्जाल एक्समा शुभमन गिलको स्वास्थ्यसँग सम्बन्धित अपडेट सेयर गरेको छ । बोर्डले गिल हालसम्म निको नभएको र उनी चेन्नईमा मात्रै बस्ने बताएको छ । गिल चेन्नईमा मेडिकल टोलीको निगरानीमा रहनेछन् ।

यससँगै भारतीय ब्याट्सम्यानले अक्टोबर ११ मा अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने छन् । बोर्डका अनुसार गिल अक्टोबर ९ मा टीम इण्डियासँग चेन्नईबाट दिल्ली जाने छैनन् ।

आईसीसी विश्वकप २०२३ मा अष्ट्रेलियाविरुद्धको खेलअघि शुभमन गिललाई डेंगुले सताएको थियो । गिलको डेंगु परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले प्रतियोगिताको पहिलो खेल गुमाउनु परेको थियो । शुभमन गिल लगातार दोस्रो खेलबाट बाहिर हुनु पक्कै पनि भारतीय टोलीका लागि नराम्रो खबर हो । गिल अक्टोबर १४ मा पाकिस्तानविरुद्ध मैदान उत्रने कि उत्रँदैनन्, त्यो पनि रोचक हुनेछ ।

गिलले सन् २०२३ मा एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । उनले मात्र २० ओडीआईमा १२३० रन बनाएका छन्, जसले गर्दा उनी यस वर्ष यो ढाँचामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । शुभमन गिलले यो वर्ष पाँच शतक र पाँचै अर्धशतक बनाएका छन् ।

शुभमन गिलको स्थानमा इशान किशनलाई अष्ट्रेलियाविरुद्धको प्लेइङ इलेभेनमा मौका दिइएको थियो । तर, इशान विश्वकपको डेब्यु खेलमा नराम्ररी फ्लप भए । अष्ट्रेलियन बलर मिचेल स्टार्कको आउटगोइंग बलमा इशान गोल्डेन डकमा पेभिलियन फर्किएका थिए ।