२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सनै एक्सनले भरिपूर्ण ‘गणपत’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । टाइगर श्राफ र कृति सेनन लामो समयदेखि ‘गणपतः ए हिरो इज बर्न’ लाई लिएर चर्चामा छन् । फिल्मको नयाँ पोस्टर हालै सेयर गरिएको थियो, जसमा दुवै स्टारको एक्सन र इमोशनले भरिएको लुक देखिएको छ ।

टाइगर श्राफ बक्सिङ म्याचको पहिरनमा देखिएपछि कृतिले पनि आफ्नो एक्सन अवतारले सबैलाई चकित पारिन् । दमदार पोस्टर रिलिज भएपछि निर्माण पक्षले अन्ततः फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।

विकास बहलको अर्को एक्शन–ओरिएंटेड फिल्म ‘गणपत’ मा तपाईले धेरै प्रविधिको प्रयोग देख्नुहुनेछ। भिएफएक्सको भरिपूर्ण रूपमा प्रयोग गरिएको छ । ट्रेलरमा तपाईले मेसिन गनबाट सुरु हुने धेरै नयाँ चीजहरू देख्न सक्नुहुन्छ । ग्राफिक्सले एक्शन हलिउड फिल्मको अनुभूति दिइरहेको छ र यसमा निर्माताहरूले पानी जस्तै पैसा खर्च गरेको देखिन्छ ।

ट्रेलरमा टाइगरको शानदार रूपान्तरण देख्न सकिन्छ । साथै, कृति पनि एक्सन मोडमा दर्शकको मन जित्न पूर्ण रुपमा तयार छिन् । यस बाहेक अमिताभ बच्चनको लुक पनि पूरै परिवर्तन भएको देखिन्छ । चलचित्र हलमा रिलिजको तयारीमा छ ।

‘गणपत’ फिल्म अक्टोबर २० मा रिलिज हुँदैछ । सोही दिन दिव्या खोस्लाको फिल्म ‘यारियाँ २’ पनि हलमा प्रवेश गर्दैछ । यसका साथै कृतिकी बहिनी नुपुरको पहिलो फिल्म ‘टाइगर नागेश्वर राव’ पनि यही दिन रिलिज हुँदैछ । यस्तो अवस्थामा फेरि एकपटक बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।