२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सनै एक्सनले भरिपूर्ण ‘गणपत’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । टाइगर श्राफ र कृति सेनन लामो समयदेखि ‘गणपतः ए हिरो इज बर्न’ लाई लिएर चर्चामा छन् । फिल्मको नयाँ पोस्टर हालै सेयर गरिएको थियो, जसमा दुवै स्टारको एक्सन र इमोशनले भरिएको लुक देखिएको छ ।

टाइगर श्राफ बक्सिङ म्याचको पहिरनमा देखिएपछि कृतिले पनि आफ्नो एक्सन अवतारले सबैलाई चकित पारिन् । दमदार पोस्टर रिलिज भएपछि निर्माण पक्षले अन्ततः फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।

विकास बहलको अर्को एक्शन–ओरिएंटेड फिल्म ‘गणपत’ मा तपाईले धेरै प्रविधिको प्रयोग देख्नुहुनेछ। भिएफएक्सको भरिपूर्ण रूपमा प्रयोग गरिएको छ । ट्रेलरमा तपाईले मेसिन गनबाट सुरु हुने धेरै नयाँ चीजहरू देख्न सक्नुहुन्छ । ग्राफिक्सले एक्शन हलिउड फिल्मको अनुभूति दिइरहेको छ र यसमा निर्माताहरूले पानी जस्तै पैसा खर्च गरेको देखिन्छ ।

ट्रेलरमा टाइगरको शानदार रूपान्तरण देख्न सकिन्छ । साथै, कृति पनि एक्सन मोडमा दर्शकको मन जित्न पूर्ण रुपमा तयार छिन् । यस बाहेक अमिताभ बच्चनको लुक पनि पूरै परिवर्तन भएको देखिन्छ । चलचित्र हलमा रिलिजको तयारीमा छ ।

‘गणपत’ फिल्म अक्टोबर २० मा रिलिज हुँदैछ । सोही दिन दिव्या खोस्लाको फिल्म ‘यारियाँ २’ पनि हलमा प्रवेश गर्दैछ । यसका साथै कृतिकी बहिनी नुपुरको पहिलो फिल्म ‘टाइगर नागेश्वर राव’ पनि यही दिन रिलिज हुँदैछ । यस्तो अवस्थामा फेरि एकपटक बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।