• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनलले म्यान्चेस्टर सिटीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा जित निकाल्न आर्सनललाई ८६ मिनेट कुर्नुपर्यो । वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले काई हाभेट्र्जको पासमा गोल गरे ।

यो जितसँगै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलको ८ खेलबाट २० अंक छ । यता पराजित सिटी समान खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।