• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले खेल हार्नुका पाँच कारण



एजेन्सी । श्रीलंकालाई १०२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो सानदार इन्ट्री गरेको छ । टोलीले यस प्रतियोगितामा श्रीलंकामाथि सबैभन्दा ठूलो जित दर्ता गर्यो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियमको पिचमा श्रीलंकाका कप्तानले टस जितेर फिल्डिङ रोजेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रनको विशाल स्कोर बनायो । जवाफमा श्रीलंकाको टोली ४४।५ ओभरमा ३२६ रन बनाएर अलआउट भयो ।

विश्वकपपछि सन्यासको घोषणा गरेका क्विन्टन डी कक (१०० रन), रस्सी भान डेर ड्युसेन ९१०८ रन० र एडेन मार्कराम (१०६ रन)ले शतकीय पारी खेले ।

श्रीलंकाले खेल हार्नुका ५ कारण
१. दासुन शनाकाले दिल्लीको पिच बुझ्न सकेनन्
खेलमा श्रीलंकाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे । उनीहरुले दिल्लीको पिच बुझ्न सकेनन् । सामान्यतया दिल्लीको पिच कम बाउन्सको हुन्छ तर यस खेलमा उल्टो बाउन्स देखिएको थियो । यति मात्र होइन, पावरप्लेको केही ओभरपछि बलले खासै गति देखाउन सकेन । यस्तो अवस्थामा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले सहजै रन बनाउन थाले ।

२. दक्षिण अफ्रिकाको शीर्ष र मध्यक्रमको ब्याटिङ
१० रनमा कप्तान टेम्बा बाभुमाको विकेट गुमाएपछि दक्षिण अफ्रिकाको शीर्ष मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । ओपनिङमा आएका डी कक, रासी भान डेर ड्युसेन र एडेन मार्करामले शतकीय पारी खेले । श्रीलंकाका बलरहरूसँग मार्करामको चौकाको कुनै जवाफ थिएन । यहाँ मध्य ओभरमा श्रीलंकाका बलरले विकेट लिन सकेनन् ।

३. श्रीलंकाका बलरहरुको अप्रभावी बलिङ
श्रीलंकाका बलरको बलिङ प्रभावहीन रह्यो । सबै बलरले धेरै रन दिए । कप्तान दासुन शनाका बाहेक सबै बलरले ८ भन्दा बढीको इकोनोमीमा रन खर्च गरे ।

४. श्रीलंकाको खराब सुरुवात, ओपनर ६७ रनमा आउट
४२९ रनको लक्ष्य पछ्याउन पुगेको श्रीलंकाको सुरुवात खराब रह्यो । टोलीका ओपनर ६७ रनमा पेभिलियन फर्किए । यस्तो अवस्थामा कुसल मेन्डिसले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि १०९ रनको टिमको स्कोरमा कागिसो रबाडाको शिकार बने ।

५. श्रीलंकाका ब्याट्सम्यानहरु ठुलो स्कोरको बोझ देखिन्थे
मेन्डिस आउट भएपछि श्रीलंकाका ब्याट्सम्यान ठूलो स्कोरको दबाबमा देखिएका थिए । टोलीका ब्याट्सम्यानले रक्षात्मक दृष्टिकोण राखेर खेलिरहे र विकेट लगातार गिरिरहेका थिए । तल्लो मध्यक्रममा कप्तान दासुन शनाका र चरित असालान्काले अर्धशतकीय साझेदारी गर्दै हारको अन्तर घटाए ।