५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिका च्याम्पियन



अ+ अ-

एजेन्सी ।  इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा इजिप्टलाई हराउँदै सेनेगलले उपाधि जितेको हो । 

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

उक्त पेनाल्टी सुटआउटमा सेनेगल ४-२ ले विजयी बनेको हो । 

सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बनेको हो । 

यसअघि सेनेगल सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको थियो भने सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो ।

यता, सेनेगलसँगको हारसँगै इजिप्ट आठौंपटक च्याम्पियन बन्न चुकेको छ । इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ ।