१ भाद्र २०८३, सोमबार
,
Latest
ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिका च्याम्पियन



अ+ अ-

एजेन्सी ।  इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा इजिप्टलाई हराउँदै सेनेगलले उपाधि जितेको हो । 

निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

उक्त पेनाल्टी सुटआउटमा सेनेगल ४-२ ले विजयी बनेको हो । 

सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बनेको हो । 

यसअघि सेनेगल सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको थियो भने सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो ।

यता, सेनेगलसँगको हारसँगै इजिप्ट आठौंपटक च्याम्पियन बन्न चुकेको छ । इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ ।