• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

इजरायलमा हमासको आक्रमण, सयौं मारिएको आशंका



इजरायलमा शनिबार बिहानै प्यालेस्टिनी हमास समूहले गरेको जबर्जस्त आक्रमणबाट ७० भन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ ।

जवाफमा इजरायलले पश्चिमी गाजा क्षेत्रमा गरेको हवाई  प्रत्याक्रमणमा २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

रिपोर्ट अनुसार, अझै पनि केही इजरायली सैनिक र नागरिक हमास लडाकुको कब्जामा रहेका छन् । बन्धक बनाइएका इजरायली नागरिकलाइ हमासका लडाकूले प्यालेस्टिनी क्षेत्रतर्फ लगेका दृश्यहरू देखिएका छन् । तर कति मानिस हमासको कब्जामा छन् भन्ने स्पष्ट भइसकेको छैन ।

बन्धक बनाएका इजरायलीलाइ गाजा तर्फ लैजादै हमासका लडाकू । तस्वीरः एपी

हमासका लडाकूको गोलाबारी र गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्र लागेर घाइते ठूलो संख्यामा इजरायली नागरिक घाइते भएका छन् । अस्पताल स्रोतका अनुसार, झण्डै सात सय इजरायलीहरू अस्पतालमा भर्ना भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

हमासले गाजाबाट प्रहार गरेको क्षेप्यास्त्रबाट दक्षिणी इजरायलको एक पार्किङ क्षेत्रमा क्षतिग्रस्त सवारी साधनहरू । तस्वीरः एपी

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफ्नो मुलुक युद्धमा रहेको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिका समेतका पश्चिमा देशहरूले इजरायलले आत्मरक्षा गर्न पाउने बताइरहेका छन् भने केही देशले संयम अपनाउन आग्रह गरेका छन् ।