१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू

ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
Republican presidential nominee former President Donald Trump speaks at a campaign rally Friday, Nov. 1, 2024, in Milwaukee. (AP Photo/Morry Gash)
अ अ+ अ-

एजेन्सी । युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

मङ्गलबारको अमेरिकी मतदान रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेको बेला हुँदैछ। युद्धमा सङ्ख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रुसी सेनाको अग्रगमनको सामना गरिरहेको छ।

मस्कोको प्योङयाङसँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ । वासिङ्टन र सोलले हजारौँ उत्तर कोरियाली सैनिक रुस पठाइएको बताएका छन्।

यसको विपरीत युक्रेनका युद्ध–थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित फर्काइले थप निराश हुन सक्छन् । ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिनुभएको छैन ।

“ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ । स्थिति चिन्ताजनक हुनेछ”, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले एएफपीलाई भन्नुभयो ।

वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ । किएभले अत्यधिक शक्तिशाली रुसविरुद्ध लड्न सक्षम बनाउने अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।

यद्यपि यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ।युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना र २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने दाबीले युक्रेनको चिन्ता बढाएको छ ।

“न त उहाँ न त उहाँको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्”, सामसुरले भन्नुभयो ।

– जसले जिते पनि –

ट्रम्पले उहाँ युक्रेनको जित चाहनुहुन्छ वा चाहनुहुन्न भन्न अस्वीकार गर्नुभएको छ र युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिक गर्नुभएको छैन ।

उहाँका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गर्नुभएको छ ।

ट्रम्पको योजनाले किएभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ । यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।

“यो पुटिनका लागि विश्राम हुनेछ”, रुसले त्यो समय आफ्नो सेना पुनर्निर्माण गर्न र तयार भएपछि ‘युक्रेनको पूर्ण विनाश’ को लक्ष्य पुनः सुरु गर्न प्रयोग गर्ने विश्वास व्यक्त गर्दै सामसुरले भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले माग गरेको क्षेत्रीय सहुलियतलाई पहिले नै अस्वीकार गरिसक्नुभएको छ । “जसले चाहे पनि र अमेरिकामा जसले जिते पनि युक्रेनले यी क्षेत्रहरूलाई ९रुसी भनेर० मान्यता दिनेछैन”, उहाँले दक्षिण कोरियाली टिभी च्यानल केबीएसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।

तथापि युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले एएफपीसँगको कुराकानीमा बढी मेलमिलापपूर्ण विचार व्यक्त गर्नुभयो ।

उहाँले सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको ट्रम्प र जेलेन्स्कीबीचको भेट ‘धेरै राम्रो’ भएको बताउनुभयो । “ट्रम्पले निश्चय पनि पुटिनसँग अमेरिकाको इज्जत गुमाउने व्यक्ति हुन चाहनु हुनेछैन”, नाम नखुलाई उहाँले भन्नुभयो ।

ती अधिकारीका अनुसार युक्रेनले सबै सम्भावित परिणामहरूका लागि तयारी गरिरहेको छ र दुवै उम्मेदवारका टोलीहरूसँग सम्बन्ध बढाइरहेको छ।

– विपत्ति –

जसले चुनाव जिते पनि उसले युक्रेनको युद्धको सामना गर्नुपर्नेछ । युद्धमा स्थिति मस्कोको पक्षमा मोडिँदै गएको देखिन्छ ।

अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारको तथ्याङ्कको एएफपी विश्लेषणअनुसार रुसले अक्टोबर महिनामा मात्र चार सय ७८ वर्गकिलोमिटर युक्रेनी क्षेत्रमा अघि बढेको छ । यो सन् २०२२ मार्च यताकै रेकर्ड हो ।

यी लाभमध्ये दुई तिहाई दाबी गरिएको डोनेट्स्क क्षेत्रमा ५१ वर्षीय युक्रेनी सर्जेन्ट सर्गीले व्यावहारिक दृष्टिकोण राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अमेरिकाले हामीलाई सहयोग गरिरहेसम्म कसले जित्छ भन्ने कुरामा मलाई चासो छैन।” तर उहाँले ट्रम्पको जित युक्रेनका लागि मात्र नभई संयुक्त राज्य अमेरिकाका लागि पनि विपत्ति हुनसक्ने भविष्यवाणी गर्नुभयो ।

सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुआतमा ट्रम्पका समर्थकहरूले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकहरूले रिपब्लिकन अवरोधको पहिलो स्वाद चाखेका थिए ।त्यसले युक्रेनी सेनालाई गोलाबारुद राशन गर्न बाध्य पा¥यो र रुसलाई गति बढाउन अनुमति दियो ।

“यदि यो वर्षको सुरुमा जस्तै भयो भने यो धेरै, धेरै नराम्रो हुनेछ”, सर्गीले भन्नुभयो ।

उही क्षेत्रमा लड्ने एक युवा सैनिक बोग्दानले ट्रम्पले ‘केवल अमेरिकाको शक्ति, दृढता र क्षमता देखाउन चाहने’ आशा व्यक्त गर्नुभयो ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा अन्तर्वार्ता दिएका अर्का सैनिक रोडियन पनि विश्वस्त हुनुहुन्थ्यो ।“मलाई थाहा छ उनीहरूले हामीलाई धोका दिने छैनन् ।” उहाँले ‘अन्त्यसम्म, हाम्रो विजयसम्म’ लड्ने प्रतिज्ञा गर्नुभयो ।