२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले दियो श्रीलंकालाई कीर्तिमानी ४२९ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले सर्वाधिक रन बनाएको छ । टोलीले श्रीलंकालाई जितका लागि ४२९ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेन (१०८ रन), क्विन्टन डी कक (१०० रन) र एडेन मार्कराम (१०६ रन) ले शतकीय पारी खेले ।

मार्करामले विश्वकप इतिहासमा सबैभन्दा छिटो शतक बनाए। उनले आफ्नो एकदिवसीय करियरको तेस्रो शतक ४९ बलमा पूरा गरे ।

क्विन्टन डी ककले आफ्नो एकदिवसीय करियरको १८ औं शतक प्रहार गरे । उनले ८४ बलमा १०० रनको इनिङ खेले । डी ककको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो ।

रस्सी भान डेर डुसेनले आफ्नो ओडीआई करियरको पाँचौ शतक प्रहार गरे । उनी ९८.१८ को स्ट्राइक रेटमा ११० बलमा १०८ रन बनाएर आउट भए । उनको इनिङ्समा १३ चौका र २ छक्का समावेश थियो ।

यस्तै, हेनरिक क्लासेनले २० बलमा ३२ रन जोडे भने डेभिड मिलर २१ बलमा ३९ तथा मार्को यानसेन ७ बलमा १२ रनसहित अविजित रहे । श्रीलंकाका दिलशन मदुकन्काले दुई विकेट लिए भने काशुन रजिथा, मथिसा पथिराना र दुनिथ भेल्लालागेले एक–एक विकेट लिए ।