• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’

एसियाड क्रिकेटको फाइनलमा भारत र अफगाानिस्तान भिड्दै



एजेन्सी । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल आज भारत र अफगानिस्तानबीच हुँदैछ ।

यो खेल सिचाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ मैदानमा बिहान ११ः४५ बजेदेखि हुनेछ । यद्यपि, यो खेलमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई तथा अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

भारतले यो उपाधि खेल जित्यो भने उसले एसियाडको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो स्वर्ण जित्नेछ । भारतीय पुरुष क्रिकेट टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागी हुँदैछ । केही दिनअघि भारतीय महिला क्रिकेट टोलीले स्वर्ण जितेको थियो ।

हेड टु हेडमा भारतको जीत रेकर्ड १०० प्रतिशत
भारतको टी–२० हेड टु हेड उत्कृष्ट छ । अफगानिस्तानविरुद्ध भारतको जितको रेकर्ड शतप्रतिशत छ । दुवै टोलीले अहिलेसम्म ४ वटा टी–२० खेल खेलेका छन् र ती सबै भारतीय टोलीले जितेको छ ।

भारतीय टोलीका यशस्वी जैसवाल र रवि बिश्नोई एसियाडमा लयमा देखिन्छन् । यशस्वीले प्रतियोगिताको दुई खेलमा शतक सहित १०० रन बनाएका थिए । दोस्रो खेलमा उनले खाता खोल्न सकेनन् । अर्कोतर्फ लेग स्पिनर रवि बिश्नोईले दुई खेलमा चार विकेट लिएका छन् ।

अफगानिस्तानका लागि नूर अली जद्रानले दुई खेलमा १०५.८८ को स्ट्राइक रेटमा ९० रन बनाएका छन् । बलिङमा क्यास अहमदले दुई खेलमा ५ विकेट लिएका छन् । उनी ३.८५ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
भारतः ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, जितेश शर्मा, रिंकु सिंह, शिवम दुबे, वाशिंगटन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान ।

अफगानिस्तानः गुलबदिन नाइब (कप्तान), मोहम्मद शहजाद, सेदिकल्लाह अटल, नूर अली जद्रान, साहिदुल्लाह कमाल, अफसर जजाई, करिम जनात, शराफुद्दीन अशरफ, कैस अहमद, फरीद अहम र जहीर खान ।