२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड क्रिकेटको फाइनलमा भारत र अफगाानिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल आज भारत र अफगानिस्तानबीच हुँदैछ ।

यो खेल सिचाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ मैदानमा बिहान ११ः४५ बजेदेखि हुनेछ । यद्यपि, यो खेलमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई तथा अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

भारतले यो उपाधि खेल जित्यो भने उसले एसियाडको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो स्वर्ण जित्नेछ । भारतीय पुरुष क्रिकेट टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागी हुँदैछ । केही दिनअघि भारतीय महिला क्रिकेट टोलीले स्वर्ण जितेको थियो ।

हेड टु हेडमा भारतको जीत रेकर्ड १०० प्रतिशत
भारतको टी–२० हेड टु हेड उत्कृष्ट छ । अफगानिस्तानविरुद्ध भारतको जितको रेकर्ड शतप्रतिशत छ । दुवै टोलीले अहिलेसम्म ४ वटा टी–२० खेल खेलेका छन् र ती सबै भारतीय टोलीले जितेको छ ।

भारतीय टोलीका यशस्वी जैसवाल र रवि बिश्नोई एसियाडमा लयमा देखिन्छन् । यशस्वीले प्रतियोगिताको दुई खेलमा शतक सहित १०० रन बनाएका थिए । दोस्रो खेलमा उनले खाता खोल्न सकेनन् । अर्कोतर्फ लेग स्पिनर रवि बिश्नोईले दुई खेलमा चार विकेट लिएका छन् ।

अफगानिस्तानका लागि नूर अली जद्रानले दुई खेलमा १०५.८८ को स्ट्राइक रेटमा ९० रन बनाएका छन् । बलिङमा क्यास अहमदले दुई खेलमा ५ विकेट लिएका छन् । उनी ३.८५ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
भारतः ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, जितेश शर्मा, रिंकु सिंह, शिवम दुबे, वाशिंगटन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान ।

अफगानिस्तानः गुलबदिन नाइब (कप्तान), मोहम्मद शहजाद, सेदिकल्लाह अटल, नूर अली जद्रान, साहिदुल्लाह कमाल, अफसर जजाई, करिम जनात, शराफुद्दीन अशरफ, कैस अहमद, फरीद अहम र जहीर खान ।