२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ  ।

यसैगरी बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङ ,कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अदालतले दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । थुनामा रहेकोमा रुक्मणि सुब्बालाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।

६० किलो सुन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता गरेको थियो ।

उनीहरुलाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा कारबाही गर्न माग गर्दै ३ अर्ब ५० करोड ३० लाख बिगो दावी गरेको थियो ।

गत साउन २ गते सिनामंगलबाट ब्रेक शुमा लुकाएर ल्याइएको सुन बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट बरामद गरेको थियो । १६० सेट ब्रेक शु भित्र रहेको सुन पगाल्दा सुनको परिमाण ६० किलो ७१६ ग्राम भएको थियो ।