• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पाकिस्तानले नेदरल्यान्ड्सलाई दियो २८७ रनको लक्ष्य



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल जारी छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई २८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन जोड्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७५ बलमा ६८ रन जोड्दा साउद शकिलले ५२ बलमा ६८ रन जोडे ।

रिजवानले ८ चौका प्रहार गरे भने शकिलले ९ चौका र १ छक्का प्रहार गरे । यस्तै, मोहम्मद नवाजले ४३ बलमा ३९ रन जोडे भने शादाब खानले ३४ बलमा ३२ रन जोडे । फखर जमानले १५ बलमा १२, इमाम उल हकले १९ बलमा १५, शहिन शाह अफ्रिदी १२ बलमा १३ रनमा अविजित रहे भने हरिस रउफले १४ बलमा १६ रन जोडे ।

नेदरल्यान्ड्सका लागि बास डे लिडेले ४ विकेट लिए भने कोलीन अकरमनले २ तथा आर्यान दत्त, लोगान भान वीक र पउल भान मिकरेनले एक–एक विकेट लिए ।