• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ?

सिनियर अहेबको स्राेत नखुलेको सम्पत्ति ९० लाख, अख्तियारद्वारा मुद्दा दर्ता



काठमाडौं: चापाकोट नगर कार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको मितिदेखि २ करोड ९७ लाख आर्जन गरेको देखिए पनि खर्च भने रु. ३ करोड ८८ लाख गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

निजले गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु. ९० लाख ३९ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन बमोजिम निज कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति पत्नी गीता कोइराला समेतको नाममा बैंक खातामा रकम मौज्दातमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने गरी मुद्दा दायर भएको छ ।