२६ असार २०८३, शुक्रबार
,
Latest
आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैन: उद्योगमन्त्री रिजाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनुभएको छ ।

शुक्रवार ललितपुर द्योग वाणिज्य संघको ४४ औं साधारण सभामा बोल्दै उद्योगमन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्नसक्ने बताउनु भयो ।

उद्योगमन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औधोगिक माध्यम भएको दाबी गर्नुभयो । उहाँले निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिएको भन्दै नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्ने बताउनु भयो। उहाँले आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव नभएको बताउनु भयो । उहाँले कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन । त्यसका लागि सरकार र निजी क्षेत्र समन्वय र सहकार्य हुन जरुरी छ । देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्न सक्छ । निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम हो । निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिन्छ । निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्दछ ।’

‘आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव छैन । कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । निजी क्षेत्रले अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उभ्याउने प्रयास गर्नुपर्छ । यसका लागि निजी क्षेत्र जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ । निजी क्षेत्रको माग अनुरुप सरकारले सम्बोधन गर्न नसकेको हुन सक्छ । यस्तो अवस्थामा सरकारको आलोचना गरेर होइन सरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नुपर्छ । सरकारले निजी क्षेत्रको माग अनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको छ ।’

उहाँले निजी क्षेत्रको माग अनुरुप सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा आलोचना भन्दा पनिसरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नु आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारले निजी क्षेत्रको मागअनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको दाबी गर्नुभयो ।