• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत

विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्नु हुँदैन: सांसद शर्मा



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।

शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयकमा संविधान सम्मत नभएका कुराहरु पनि कतिपय कुराहरु रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले १२ कक्षा सम्मको विद्यालय शिक्षालाई कसरी एकरुपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयकमा संविधान सम्मत नभएका कुराहरु पनि कतिपय अवस्थामा छन् । यसमा सार्वभौम संसदले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ । यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । हाम्रो भविष्य कस्तो बनाउने ? हाम्रो देश कस्तो बनाउने, लोकतन्त्र, समाजवाद कस्तो बनाउने भन्ने प्रश्नसँग गाँसिएको हुँदा जनशक्ति, भोलिको कर्णधारहरुको लागि सक्षम जनशक्ति निर्माण गर्ने भएको हुँँदा यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढंगले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ ।’

‘यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ । १२ कक्षा सम्मको विद्यालय शिक्षालाई कसरी एकरुपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्नेकुरा महत्वपूर्ण छ । शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता छ ।’

सांसद शर्माले शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता रहेको बताउनु भयो ।