• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदर हुनु पर्छ: महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरहुनु पर्ने जनाउनु भएको छ ।

शर्माले आममाफी विषयमा सर्वोच्च अदालतले सकारात्मक आदेश दिएको उल्लेख गर्दे यसले सरकारको नकरात्मक कामहरुको नियन्त्रण हुने जनाउनु भएको छ ।

शर्माले सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएको जनाउनु भयो

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ 

आम माफी प्रकरणमा अदालतको प्रवेशस्वागत योग्य ,विसंगति विरुद्ध नवीन बहस !

लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो ।
सकारात्मक आदेश मार्फत अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा रचनात्मक हस्तक्षेप गर्नसक्छ । नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ ।

संविधान र कानुनको ब्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ िसजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन् । अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश ।

मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं । आगे अदालतकै मर्जी !