२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदर हुनु पर्छ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरहुनु पर्ने जनाउनु भएको छ ।

शर्माले आममाफी विषयमा सर्वोच्च अदालतले सकारात्मक आदेश दिएको उल्लेख गर्दे यसले सरकारको नकरात्मक कामहरुको नियन्त्रण हुने जनाउनु भएको छ ।

शर्माले सजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएको जनाउनु भयो

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ 

आम माफी प्रकरणमा अदालतको प्रवेशस्वागत योग्य ,विसंगति विरुद्ध नवीन बहस !

लोकतन्त्रमा धब्बा लाग्ने कुनैपनी निर्णय बदरभागी हुनुपर्छ भन्ने बिषय लोकको मतमात्रै होइन, मानवीय भावको अपेक्षा र सुशासनको माग पनि हो ।
सकारात्मक आदेश मार्फत अदालतले नकारात्मक कर्महरु नियन्त्रणमा रचनात्मक हस्तक्षेप गर्नसक्छ । नकारात्मक आदेशले त्यसलाई वैधता त दिन्छ नै, निरन्तरतालाई प्रोत्साहित समेत गर्नेछ ।

संविधान र कानुनको ब्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिक होइन प्राज्ञिक कोणबाट हेरिनुपर्छ िसजाय मिनाहा, सजाय अवधी कटौती, आम माफी जस्ता कानुनी प्रावधान लोकतन्त्र बदनाम तुल्याउन दुरुपयोग भएका छन् । अदालतको आदेशले नवीन नजिर स्थापित गर्ने सकारात्मक अपेक्षामा छ देश ।

मुद्दा चलिरहँदा यो भन्दा बढी नबोलौं । आगे अदालतकै मर्जी !




भर्खरै