• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै



एजेन्सी । आईसिसी एकदिवसीय विश्वकप अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । लिग चरण अन्तर्गत आज पाकिस्तान र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् ।

पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्सभन्दा पाकिस्तान निकै बलियो टोली हो । पाकिस्तान वरियतामा दोस्रो स्थानमा रहँदा नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

यसैबीच, बिहिबार भएको खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।