२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति विकास बैंकको नाफा  बढ्यो, ९ महिनामा ३८.१९ प्रतिशत



अ+ अ-

काठमाडौं । ज्योति विकास बैंकको नाफा चालू आर्थिक वर्षमा ३८.१९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरण अनुसार ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै बैंकको निक्षेप संकलन २४.८ प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा बैंकको कर्जा लागनी ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने  गत वर्ष सोही अवधिमा २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ भने बैंकको रिजर्भमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ रहेको छ ।