२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट ३२० ग्राम सुनसहित २ भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

उनीहरुको साथबाट ३ सय २० ग्राम तौल भएको सुन जस्तो देखिने धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरी बरामत गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।