२ पुष २०८२, बुधबार
,
Latest
जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा दिउँसोको कर्फ्यु हट्यो, राति कायमै



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिंसा भड्किए पछि नेपालगञ्ज नगर क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु सर्वपक्षीय भेलामा भएको सहमति बमोजिम जिल्ला प्रशासन कार्यालयले दिउँसोको कर्फ्यु हटाएको छ ।

प्रशासन कार्यालयले आज एक सूचना प्रकाशन गरी आज बिहान ८ बजेदेखि कर्फ्यु हटाइएको जनाएको छ । तर प्रशासनले साँझ ८ बजेदेखि भोलि अर्थात् शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ ।

यस्तो कर्फ्यु नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ति नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह सीमा नाका) रहने छ ।

साथै प्रशासनले आज दिउँसोभर नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सदभाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले अनुरोध पनि गरेको छ ।