२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपत्यकामा हुने कालोबजारीको निगरानी गर्न प्रहरीलाई सर्कुलर

उपत्यकामा हुने कालोबजारीको निगरानी गर्न प्रहरीलाई सर्कुलर
अ अ+ अ-

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिनुभएको छ ।

कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताउनुभयो । उहाँका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् ।

उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ । उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ । रासस