• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

काँग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैन: अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले बुधवार आयोजति कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारले केही राम्रा काम गर्न खोजेपनि पर्याप्त नभएको बताउनु भयो । उहाँले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अरु कुनै सरकारको, अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन । अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ ।’

‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौँ । कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, काँग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली काँग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन।’

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताउनु भयो ।