२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत सरकारको अनुमतिमा दलाई लामाको जन्मदिन मनाइयो फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।

निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ । “हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भन्नुभयो, “निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ ।” तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । 

खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ । उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ । पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ । यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ । 

प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयमा बयस्क भाले प्रायः कालो देखिन्छ ।  पखेटा भने सेता हुन्छन् । यसलाई अङ्ग्रजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ । संरक्षणका हिसाबले यो अति सङ्कटापन्न अवस्थामा रहेको छ । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई अति सङ्कतापन्न (रातो)  सूचीमा सूचीकृत गरेको छ । नेपाल सरकारले यसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको सङ्ख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो । 

जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए । एक सर्भेक्षणका अनुसार नेपालमा चराको प्रजाति ८७१ रहेकोमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै त्यसको आधा ४५० प्रजाति पाइने गरेका छन् । खरमयुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरासमेत पाइन्छ । 

नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदान यस निकुञ्जमा रहेको छ । विश्वकै सबैभन्दा ठूलो झुण्डका रुपमा बाह्रसिङ्गा निकुञ्जमा सहजै अवलोकन गर्न सकिन्छ । सानो क्षेत्रफलमा पाटेबाघको  धेरै घनत्व भएको क्षेत्रका रुपमा समेत निकुञ्ज परिचित रहेको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस




भर्खरै