४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका दिलमायाको निधन, शोकमग्न भयो दार्जिलिङ



गायिका दिलमाया खाती (फाइल तस्वीर)
अ+ अ-

‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ ।

सायद यो कालजयी गीतको भाका नसुनेका नेपाली कमै होलान् । यही गीतकी गायिका दिलमाया खाती हामीबीच अब रहिनन् । उनको मंगलबार दार्जिलिङमा ८४ वर्षको उमेरमा निधन भएको छ ।

स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर सन् १९७२ मा यो गीत रेकर्ड गरिएको इतिहास छ ।

लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको जन्म सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा भएको थियो । गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन दिलमाया सन् १९६२ मा पहिलो पटक काठमाडौं आएकी थिइन् ।

त्यहीबेला शिवशंकर, नातिकाजी श्रेष्ठ, तारादेवीजस्ता स्रष्टाहरूसँग उनको परिचय भएको थियो । काठमाडौं घुम्न आएकी उनले रेडियो नेपालमा ६ महिना अल्झिनुपर्‍यो । यसबीचमा उनका थुप्रै गीत लाइभ रेकर्ड गरिए । दिलमाया भने छिट्टै फुत्किएर दार्जिलिङ फर्किन चाहन्थिन् तर, उनको प्रतिभाबाट कायल भएका नातिकाजीलगायतका दिग्गज संगीतकर्मी उनलाई यतै राख्न चाहन्थे ।

रेडियो नेपालबाट गोल्ड मेडल पाएकी लिदमायालाई रेडियोले उम्किनै दिएन । तर, उनी आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्खिएकी थिइन् ।

२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उनी दोस्रो पटक काठमाडौ आएकी थिइन् । दार्जिलिङका धेरै स्रष्टालाई काठमाडौंले तानिरहेको थियो । तर, दिलमायाको दिल काठमाडौंले कहिल्यै जित्न सकेन । उनी दार्जिलिङ फर्किएर शिक्षणसँगै संगीतकर्ममा रमाइरहिन् ।

कान्तिपुरका लागि पर्वत पोर्तेल लेख्छन्, “नारायण गोपालसँग भने दिलमायाको भेट सन् १९७२ ताका दार्जिलिङमै भएको थियो । भेटको चाँजो मिलाएका थिए, नारायण गोपालका मित अर्थात् गोपाल योञ्जनले । नारायण गोपालकै आग्रहमा उनले ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ बोलको गीत गाएकी थिइन् । यो गीत अहिले पनि उत्तिकै लोकप्रिय मानिन्छ । उनीहरूले कोलकाता पुगेर ‘बिछोडको पीडा र ‘तिमी देख्दा रहर।।।’ भन्ने युगल गीत रेकर्ड गराएका थिए । दिलमायाले नारायण गोपालसँग गाएका यी दुईमात्रै गीत हुन् ।

उनले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिनँ, सावन फर्की फेरि आयो, माया लगाई निष्ठुरी फर्केनजस्ता डेढ सय हाराहारीमा गीतहरू गाएकी छन् ।

छातीमा समस्या देखिएका कारण उनी केही समयअघि अस्पताल बसेर फर्किएकी थिइन् । उनलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् । उनी घुमस्थित घरमा उनी दाइ र भदैनीहरूसित बस्दै आएकी थिइन् । गायिका दिलमायाको निधनले नेपाली संगीत जगतलाई नै अपूरणीय क्षती पुगेको सिलिगुडीका साहित्यकार कालुसिंह रणपहेलीले जनाएका छन् ।