२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

रिगललाई आममाफी दिएर राष्ट्रपतिले मरिसकेको मान्छेलाई फेरि मार्नुभयो: चेतन पत्नी भारती

रिगललाई आममाफी दिएर राष्ट्रपतिले मरिसकेको मान्छेलाई फेरि मार्नुभयो: चेतन  पत्नी  भारती
भारती मानन्धर (फाइल)
अ अ+ अ-

काठमाडौं। चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ ।

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृत्तक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माईतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताईन् ।

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घट्नालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ । चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ ।

घट्ना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताईन् । उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ ।

‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझैपनि चलिरहेको छ ।’ उनले भनिन्,‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’

चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुश भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुनारो घट्नाको पीडा फेरी दोहार्‍याइदिएको उनको आरोप छ ।

‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहार्‍याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरी दोहोर्‍याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’– उनले भनिन् ।

हत्यारा छ्ुट्नुले देशमा कानुन नभएको महसुश भइरहेको उनले बताईन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाईन् । आफूले लामो कानुनी लडाईँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिविना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताईन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।

‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्‍याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,’– उनले भनिन् ।

हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफूपनि मार्नका लागि तयार रहेको उनको भनाई छ । ‘त्यसो हुन्छ भने हामी पीडित छौं, हामीलाई पनि हतियार देउ । हामी पनि मारेर बस्छौं, आममाफी मिल्छ भने,’– उनले भनिन् ।
मनलाग्दी आममाफी दिने सरकारलाई जनताले सबक सिकाउन आवश्यक रहेको उनले बताईन् । उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् । यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् ।

‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ प्रश्न गर्दै उनले भनिन्,‘मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?’

हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरी मरेको महसुश गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाईन् ।

‘आममाफीको खबर मैले सुनें, म मरिसकेको महसुश गरेको छु । सरकारले उसलाई आममाफी दियो भने मैले कहाँ गएर गुहार माग्ने ?’ प्रश्न गर्दै उनले भनिन्,‘हत्यारा हो, भोलि उसले हामीलाई पनि मार्छ भन्ने डर र त्रासका कारण कोही पनि बोल्ने आँट गरेनन् । मैले कसैको पनि साथ सहयोग पाएको छैन ।’
एउटा हत्यारालाई आममाफी दिँदा पीडक परिवारको सहमती नलिनु दु:खद भएको उनको भनाई छ । जिन्दगी तहसनहस भएकाहरुलाई बेवास्ता गर्दै घुम्ने कुर्सीमा बसेर आममाफीको पत्रमा सही गर्ने अधिकार राष्ट्रपतिलाई नरहेको उनको भनाई छ ।

आममाफी दिने वा नदिने भन्ने अधिकार आफू र आफ्नो परिवारमा निहित हुनुपर्ने उनको भनाई छ । राष्ट्रपतिले एकपटक मरिसकेको मान्छेलाई आममाफीको नाममा फेरी मारेको उनको टिप्पणी छ ।