• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

महंगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सांसदहरुको माग



संघीय संसद

काठमाडौँ । सांसदहरुले चाडपर्वको मुखमा महंगी अचाक्ली बढेको भन्दै महंगी नियन्त्रण गर्न र बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले चाडपर्वको मुखमा महंगी र कालोबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महंगी नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्न सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अञ्जनी श्रेष्ठले महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो– ‘महंगी, भ्रष्टाचार र विचौलियाहरुको चलखेलले दैनिकी चुल्हो, चौका चल्न मुस्किल भइसक्यो । यो सरकार कहाँ छ ? दशैँ, तिहार नजिकिदै छ । महंगीलाई कसरी नियन्त्रण गर्ने भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउदँछु ।’

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले महंगीको नियन्त्रण गर्दै राहतको कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले जनता कालोबजारीबाट रन्थनिनुपरेको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगिक क्षेत्र हतोत्साहि छ । घोर आर्थिक मन्दी, बेरोजगारीबाट नेपाली जनता निराश छन् । कालोबजारीले रन्थनिएको अवस्था छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ । महंगि आकाशिएको छ । चाडवाडको बेलामा यस्तो स्थिति छ सरकार के हेरेर बसेको छ ? गम्भिरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले चाडवाडमा जनतालाई सुविधा हुनेगरी सहुलियत प्रदान गर्न माग गर्नुभयो । उहाँले बजार अनुगमन गरी महंगि नियन्त्रण गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चाडवाड नजिकिँदै जाँदा महंगि बढाएर जनताको जिवनमाथि खेलवाड गरिरहेको छ । बजारमा हरेक सामानको मूल्य आकासिएको छ । तर सरकार मौन छ । पेट्रोलियम पद्धार्थ, खाना पकाउने ग्याँस लगायत मूल्यवृद्धि गरेर फिर्ता लिएको छ । तर महंगि नियन्त्रण छैन । चाडवाडमा जनतालाई सुविधा हुनेगरी यथाशिघ्र सहुलियत प्रदान गर्न र बजार अनुगमन गरि महंगि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले पनि यथाशिघ्र बजार अनुगमन गर्न माग सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उर्मिला माझिले मुल्यवृद्धिको आतंक कम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य असिम साहले सरकारले खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेर पनि नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘खेलाडीलाई पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक पटक उठाउन मलाई चाहीँ लाज लागिसकेको छ । क्रिकेट खेलाडीले लिग जितिरहे सरकारले उधारो पुरस्कार घोषणा गर्दै गयो । खेलाडीले पाउनुपर्ने रकम १६/१७ लाख जम्मा भइसकेको छ । दुई रुपैयाँ पनि दिन सकेको छैन । तपाईहरु खेल खेल्न जानुस् फर्किदासम्म पैसा आउँछ भनेर प्रधानमन्त्रीले बोल्नुभयो तर भुक्तानीको कुनै सुुरसार छैन । दलाल, बिचौलिया, ठेकदारको कुरा भएको भए अग्रिम भुक्तानी हुन्थ्यो होला । ब्याक डेटमा चेक बन्थ्यो होला । खेलाडीलाई झुठो आश्वासनमा झुलाइएको छ ।’

प्रतिनिधि सभा सदस्य अम्बिका बस्नेतले पेशाकर्मीहरुलाई सरकारले शान्ति, सुरक्षा दिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज देशमा हत्या, हिंसा, आतंक बढेको छ । भ्रष्टाचार, महंगी बढेको छ । बेरोजगारी बढेको छ । धर्म, जातिका नाममा समाज विभाजित भइरहेको छ । देश डरलाग्दो अवस्थामा गएको महशुस गरिरहेका छौँ । चिकित्सकमा पिटिने परिस्थिति छ । पेशाकर्मी सुरक्षित महशुस गरिरहेका छैनन् । प्रहरी नै डाक्टर कुटे भनेर गर्व गर्छ । यहाँ कसले शान्ति सुरक्षाको प्रत्याभुति गर्छ ?’

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन जिर्ण अवस्थामा रहेकाले पुन:निर्माण गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले नयाँ संसद भवनमा संसद बैठक कहिले बस्छ भनेर प्रश्न समेत गर्नुभयो ।