२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ ।
लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड(२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ । रँसस




भर्खरै