११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने



अ+ अ-

बागमती। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ ।

केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको सूचनाका आधारमा प्रशासनले कानुनी कारबाही गर्न लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज सूचना प्रकाशन गर्दै घरायसी आवश्यकताभन्दा धेरै एलपी ग्यास सञ्चय गरी  कृत्रिम अभाव सिर्जना गरेको पाइएमा आजै टाक्स फोर्सको मोबाइल नं ९७४४६३७७७७ मा फोन गर्न वा ह्वाट्स एपमा सन्देश पठाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुर,  हेटौँडा उपमहानगरपालिका,  उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्च तथा ग्यास डिलर एशोसिएसनका प्रतिनिधि सम्मिलित टाक्स फोर्स गठन भई बजार आजैदेखि बजार अनुगमन गर्ने निर्णय भएको छ ।

प्रशासनले आजै सरोकारवाला निकायको बैठक बसी विभिन्न निर्णय गर्दै विधिवत् दर्ता नगरी एलपी ग्यासको खरिद बिक्री नगर्ने÷नगराउनसमेत  सबैलाई सूचित गराएको छ । रासस