२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिपाल अस्पतालबाट ८ दिनपछि उठ्यो सुकमायाको शव, अस्पताल तोडफोड गर्ने थप एक पक्राउ



अ+ अ-

कास्की । बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्युभएपछि अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई गरेको हो ।

भीडबाट तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजी जारी रहेको कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले जानकारी दिए ।

गत असोज ८ गते चिकित्सकको लापरबाहीले सुकमायाको मृत्यु भएको भन्दै मृतकका आफन्तीले डाक्टर अनिल शाहमाथि हातपात गरेका थिए। सो घटनापश्चात् चिकित्सकको सुरक्षाको माग गर्दै देशैभरिका डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए।

यस्तै, आज मंगलबार आफन्तीले ८ दिनपछि सुकमायाको शव बुझेका छन् । अस्पताल र मृतकका आफन्तबीच सहमति भएपनि उनीहरुले पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै शव बुझेका थिएनन् ।