२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनको मूल्यमा गिरावट, सातामा पाँच हजार ६ सयले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ।

गत मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार आठ सय, बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय, आइतबार आठ सय, सोमबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज मंगलबार पनि प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । यी सात दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्त,ै मंगलबार तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।