१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनको मूल्यमा गिरावट, सातामा पाँच हजार ६ सयले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ।

गत मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार आठ सय, बिहीबार एक हजार चार सय, शुक्रबार आठ सय, आइतबार आठ सय, सोमबार एक सय रुपैयाँले घटेको सुनको मूल्य आज मंगलबार पनि प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । यी सात दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्त,ै मंगलबार तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख सात हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।