२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ



अ+ अ-

वीरगञ्ज : वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ निवासी १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश मल्लिकलाई घण्टाघर क्षेत्रबाटै पक्राउ गरेको हो ।

सिसिटिभीमा कैद भएको दृश्यका आधारमा अनुसन्धान गर्दा खत्री र मल्लिक संलग्न रहेको निष्कर्षका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ती गत शुक्रबार राति तोडफोड तथा चोरी भएको थियो ।रासस