२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण



अ+ अ-

काठमाडौँ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि अज्ञात व्यक्तिद्वारा धारिलो हतियारबाट आक्रमण भएको छ ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिङ्लास्थानमा सञ्चालित पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ अन्दाजी ३८ वर्षीय सवीर हुसेनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सवीर हुसेनलाई धारिलो हतियार प्रहार भएको भनेर उपचारमा संलग्न डाक्टरहरुले पनि भनेका छन्, घटनास्थलमा एक थान कटुवा पेस्तोल फेला परेको छ, आक्रमणकारीको खोजी भइरहेको छ ।”

धारिलो हतियारबाट घाइते हुसेनको अहिले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । रासस