• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

रास्वपाद्वारा राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण – पत्र सहित



फाईल फोटो

काठमाडौँ । सरकारले संविधान दिवसका दिन आममाफी दिएका व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको भन्दै विरोध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले यस विषयमा राष्ट्रपति मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सो पार्टीका सभापति रवि लामिछानेको संयोजकत्वमा पार्टीको प्रतिनिधिमण्डल शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण पत्र दिएको हो ।

रास्वपाकाका अनुसार नेपालगञ्जका रिगल भनिने योग ढकाललाई सरकारको सिफारिशमा राष्ट्रपतिले आम माफी दिनुभएकाले उहाँमार्फत् सरकारको ध्यानाकर्षण गराउन सो पत्र दिइएको हो ।

सो पार्टीको प्रतिनिधिमण्डल आज बिहान राष्ट्रपति कार्यालयमा पुगेर उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।