१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । 

बस्नेतलाई आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन गरिएको हो । 

उनी रमेश पौडेल अध्यक्षताको कमिटीमा वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमाले केन्द्रीय सदस्य मनोनित भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट बिदा लिएसँगै बस्नेतलाई बाटो खुला भएको हो । 

एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

बस्नेत राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष हुन् ।