• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्यका लागि तेश्रो जनआन्दोलन:कमल थापा



बिरगंज ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दुअधिराज्य ल्याउनका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताउनुभएको छ ।

आईतबार वीरगन्जमा आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन शुरु गरेको बताउनु भएको हो । राजसंस्था, हिन्दु राष्ट्र ल्याउन र जनताले चुनेको प्रधानमन्त्रीबाट देशको आर्थिक समृद्धि गर्ने राप्रपा नेपालको मुख्य उद्देश्य रहेको थापाले बताउनुभयो ।

राष्ट्रियता र एकताको प्रतीकको रुपमा राजसंस्थालाई कायम राख्न सक्यौं भने यो देशको अस्तित्व शान्ति र आर्थिक समृद्धि सुनिश्चित हुने भएकोले राजालाई पनि ठाउँ दिनुपर्छ भन्ने माग गरेको बताउनुभयो । राजादेखि माओवादीदेखि सबै अटाउने व्यावस्था नै नेपालको आर्थिक समृद्धिको मूल आधार भएकाले कसैलाई निषेध नगरी राजसंस्था सहितको प्रजातन्त्र ल्याउन सम्भव भएको बताउनुभयो ।

देशको भूराजनीतिक अवस्था, धार्मिक सांस्कृतिक परिवेशले पनि राजनीति भन्दामाथि एउटा संस्था आवश्यक हुन्छ भन्ने विगत १७/१८ बर्षको राजनीतिक व्यावस्थाले आवश्यकता औल्याएकोले अब राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरि राजा सहितको प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्ने जिकिर गर्नुभयो । गणतन्त्र स्थापनापछि बनेका तीनवटै राष्ट्रपति राष्ट्रको पति हुन नसकेको तर्क गर्दै थापाले पार्टीको राष्ट्रपति होईन देश र जनताको राष्ट्र प्रमुखको आवश्यकता भएकोले राजसंस्थालाई पुर्नस्थापना हुनुपर्छ भन्ने मान्यता लिएर आएको बताउनुभयो ।

प्रधानमन्त्री बनाउदा र हटाउदा विदेशीको इशारामा बन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै थापाले जनताले देशको प्रधानमन्त्री जस्तो नलागेको दावी गर्नुभयो । अबको व्यावस्था राजा अभिभावक र जनताले आफैले भोट हालेर जिताएको प्रधानमन्त्री चाहिएकोले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनपर्ने थापाको भनाई थियो । सरकार आफै तस्करी र भ्रष्टाचारीमा लागेको बताउदै यसको अन्त्य गर्न यो सरकारले नसक्ने ठोकुवा गर्नुभयो । राजनीतिक नेताहरुको अकर्मण्यताले गर्दा लाखौ युवाहरु विदेश पलायन हुन बाध्य भएको बताउनुभयो ।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजिव पराजुली, उपाध्यक्ष तारानाथ लुईटेल, वरिष्ठ नेता बिष्णु भट्टराई महामन्त्री राजाराम बर्तौला ,शम्भु चौरशिया लगायतले बोलेका थिए ।