२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ ।

आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १४ करोड ७३ लाख ६० हजार सात सय ४३ बराबरको तीन लाख १८ हजार सात सय २४ कित्ता शेयर किनबेच भएको छ । रासस