१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रविधि र विकासका आयमसँग जोड्न आवश्यक छ : मन्त्री आचार्य

जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई प्रविधि र विकासका आयमसँग जोड्न आवश्यक छ : मन्त्री आचार्य
अ अ+ अ-

काठमाडौ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ ।

३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको अथाह परिश्रम असीम लगानी र लगनशिलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याइ पु-याएको स्पष्ट पार्नुभयो ।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकहरु बर्तमान पुस्ताको बोझ नभइ आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउँनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकमा हुने एकलोपन हटाउन तथा तेश्रो पुस्तामा ज्येष्ठ नागरिकहरु प्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री आचार्यले भन्नुभयो –‘लामो अवधि कुनै न कुनै रुपमा सकृय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ ।

ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान देखी दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यवहारिक ज्ञानको भण्डार रहेको छ । ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक छ। यस विषयमा समेत ध्यान दिन जरुरी छ ।’ मन्त्री आचार्यले हाम्रो संस्कृतिले मानेको मातृ देवो भव पितृ देवो भवको आदर्शलाई आत्मसात गर्दै जेष्ठ नागरिकमैत्री वातावरण तयार गर्न जरुरी रहेको बताउनुभयो ।

हाम्रो परम्पराको रुपमा रहेको संयुक्त परिवार केन्द्रिकृत परिवार हुँदै परिवार नामक संस्था नै विघटन हुने दिशातर्फ उन्मुख भएको भन्दै मन्त्री आचार्यले भन्नुभयो –‘यो अवस्थाले परिवारका सदस्यहरुमा पारिवारिक भावनाको कमि हुनाको साथै वालबालिकामा अघिल्लै पुस्तासंगको अन्तरघुलनमा समेत बाधा पुर्याएको छ।यसले हाम्रा प्रथा परम्परा भाषा संस्कृतिलाई समेत विस्मरणको घेराभित्र धकेल्दैछ ।यस अवस्थाको महशुस गरी केहि युरोपियन राष्ट्रहरुमा तेश्रो पुस्ता जोड्ने अर्थात नातीनातिनी र हजुरबुबा हजुरआमा पुस्ता जोड्ने कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।’ मन्त्री आचार्यले ज्येष्ठ मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे –‘नागरिकको उपचारका लागि अस्पतालहरुमा छुट्टै उपचार वार्ड स्थापना अल्जाइमर्स रोग पहिचान भएपछि उपचारका लागि एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था लगायतका सुविधाहरु र ज्येष्ठ नागरिकको हित संरक्षण गर्न ज्येष्ठ नागरिक सम्बन्धि ऐन तथा नियमावलीको व्यवस्था गर्न लागेको छ ।’