• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको राष्ट्रिय दलको बैठक बहिष्कार गर्ने भएको छ।

रास्वपा सभापति रवि लामिछानेले चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाउनु भएको छ ।

लामिछानेले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रमबारे जानकारी दिनेछौं।’