१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्स विरूद्ध रोहितको अर्धशतक, माल्दिभ्सलाई २१३ रनको लक्ष



अ+ अ-

नेपालले माल्दिभ्स विरूद्धको टी२० क्रिकेट खेलमा शानदार प्रदर्शन गरेको छ । चीनको हाङझाउमा जारी एसियाड क्रिकेट अन्तरगतको खेलमा नेपालले सुरूमा विकेट गुमाए पनि समग्रमा माल्दिभ्स विरूद्ध विशाल स्कोर खडा गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपाली प्रारम्भिक जोडीले खासै राम्रो सुरूवात गर्न सकेका थिएनन् ।

नेपालले २० ओभरको खेलमा सात विकेट गुमाएर २१२ रन बनाएको छ ।

कुशल भुर्तेलले ३५ रन बनाएर बाहिरिएका थिए भने आसिफ सेखले ६ रनमै चित्त बुझाउनु परेको थियो । यसैगरी विनोद भण्डारीले १३ तथा सन्दीप जोराले ५ रन जोडेका थिए । सुरुमै चार विकेट गुमाएपछि धर्मराएको नेपाली टोलीलाई कप्तान रोहित पौडेल र गुल्सन झाले सम्हालेका थिए ।

रोहितले कप्तानी पारी खेल्दै अर्धशतक बनाएका छन् । उनले २६ बलमै अर्धशतक बनाएका थिए । उनी ५२ रन बनाउँदै रनआउट भएका थिए ।

तर गुल्सन झा पनि ३५ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा कुशल मल्ल आएका थिए । मल्लले खेलको अन्त्यतिर २० बलमै ४७ रन बनाएर नेपालको स्कोर उच्च बनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

स्कोरबोर्डः

कुशल भुर्तेलः ३५ रन

आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १