२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले जिरोनालाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन खेलको १७ औं मिनेटमा जोसेलु, २१ औं मिनेटमा औरेलिन चोउमेनीले र ७१ औं मिनेटमा जुड बेलिङहमले गोल गरे ।

जितसँगै रियल ८ खेलबाट २१ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जिरोना समान खेलबाट १९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८ खेलबाटै २० अंक छ ।