• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनलको सानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साका, मार्टिन ओडेगार्ड, काई हाभेट्र्ज र बेन ह्वाइटले एक–एक गोल गरे । ओडेगार्ड र हाभेट्र्जले पेनाल्टीमा गोल गरे ।

जितसँगै आर्सनलले ७ खेलबाट १७ अंक जोडेको छ । आर्सनल तालिकाको दोस्रो स्थानमा छ । यता, बर्नमाउथ समान खेलबाट ३ अंकका साथ १८ औं स्थानमा छ ।