३ असार २०८३, बुधबार
,
Latest
एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच अवकाश कोष व्यवस्थापन गर्न सम्झौता सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार एमालेको आत्म समीक्षा र पुनर्गठन अभियानलाई नेता पोखरेलले दिए शुभकामना रास्वपाले गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेकोमा नेकपाको आपत्ति प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गर्दै विपक्षीको लगातार दबाब, सभामुखको भूमिकामाथि प्रश्न प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद चन्द्रमोहन यादवको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई साता लामो बिदेश भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं। संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्कनु भएको हो । उहाँलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गर्नुभएको थियो ।

तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवाल